नेपालमा YouTube बन्द कन्टेन्ट क्रियटरलाई झड्का

नेपालमा युट्युब बन्द, सामाजिक सञ्जाल प्रतिबन्ध नेपाल, YouTube Blocked in Nepal, Nepal Social Media Ban, Digital Economy Nepal

नेपालमा सामाजिक सञ्जाल बन्द भएको दुई दिनमै युट्युब पनि बन्द भएको छ। सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले दिएको निर्देशनपछि इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) ले आजदेखि नेपालमा युट्युब बन्द गर्न सुरु गरेको हो।

युट्युब बन्दसँगै म्युजिक भिडियो, फिल्म, वेब सिरिज, समाचार, गीत–संगीत, कमेडी लगायतका लाखौँ भिडियो नेपाली प्रयोगकर्ताले हेर्न पाउने सुविधाबाट वञ्‍चित हुनु परेको छ।ISPAN का अध्यक्ष सुधीर पराजुलीका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका सबै IP एड्रेस ब्लक गरिएको छ भने मोबाइलमा पनि क्रमशः बन्द हुँदैछ। उनले भने, “हामीले सरकारको निर्णय र प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका सामाजिक सञ्जालका IP एड्रेसहरू बन्द गर्न थालेका हौं। हिजो फेसबुक, ह्वाट्सएप एक्स (ट्विटर) र इन्स्टाग्राम बन्द भए भने आज बिहानदेखि युट्युब पनि वेब ब्राउजरमा ब्लक भएको छ।” तर, पराजुलीले यसलाई प्राविधिक दृष्टिले अत्यन्तै संवेदनशील बताउँदै चेतावनी दिएका छन्। उनका अनुसार युट्युब ब्लक गर्दा जिमेल जस्ता अन्य सेवामा समेत असर पर्न सक्छ। यसले प्रयोगकर्ताको मोबाइल फोन सञ्चालनमा आंशिक समस्या ल्याउन सक्ने उनको भनाइ छ।


डिजिटल अर्थतन्त्रमा ठूलो असर सामाजिक सञ्जाल प्रतिबन्धपछि नेपालमा डिजिटल अर्थतन्त्रमा ठूलो धक्का लागेको सरोकारवालाहरू बताउँछन्।
• स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ।
• कलाकारहरूले सार्वजनिक गर्न लागेका नयाँ गीत–संगीत रोकेका छन्।
• टेलिसिरियल, कमेडी र हास्यव्यङ्ग्य कार्यक्रम प्रसारण हुन सकेको छैन ।
• कन्टेन्ट क्रिएटर र युट्युबरहरूको आम्दानी गुम्न थालेको छ।

विशेषज्ञहरूको भनाइमा, यो कदमले नेपालमा इन्टरनेट स्वतन्त्रता मात्र होइन, समग्र आर्थिक सूचकमा पनि नकारात्मक असर पुर्‍याएको छ।

Scroll to Top