Gen Z पुस्ता भनेको के हो? हरेक पुस्ता कहिले आउँछ ?

मानिसको जीवनशैली, सोच, संस्कार र प्रविधिसँगको सम्बन्ध आधार मानेर हरेक पुस्ता (Generation) छुट्याइएको हुन्छ। हरेक पुस्ता करिब १५–२० वर्षको अन्तरालमा आउँछ। अहिले धेरै चर्चामा रहेको पुस्ता भनेको Gen Z (Generation Z) हो। जन्म वर्ष: सन् १९९७ – २०१२ रहेको, जन्मदेखि नै इन्टरनेट, मोबाइल, सोसल मिडिया सँग हुर्केका, छोटो भिडियो, TikTok, YouTube Shorts, Reels जस्ता कन्टेन्ट मन पराउने, टेक्नोलोजीमा सजिलै अडाप्ट गर्ने यो पुस्ताका मानिसहरु हुन् ।

अमेरिकन–युरोपेली अध्ययनका आधारमा, नेपालमा पनि प्रायः यही हिसाबले पुस्ता (Generations) को सामान्य वर्गीकरण यसरी गरिएको छ ।
१.   Silent Generation → (१९२८ – १९४५) :- दोस्रो विश्वयुद्धपछिको पुस्ता, धेरै मेहनती र अनुशासित
२.   Baby Boomers → (१९४६ – १९६४) :- युद्धपछि जन्मदर अत्यधिक बढेको पुस्ता, परिवार, परिश्रम र करिअरमा केन्द्रित
३.  Generation X (Gen X) → (१९६५ – १९८०) :- “स्वतन्त्र पुस्ता” भनेर चिनिन्छ, टेलिभिजन, रेडियोमा बढी हुर्केका
४.  Millennials (Gen Y) → (१९८१ – १९९६) :- इन्टरनेट र मोबाइलको सुरुवात अनुभव गर्ने, करिअर, स्वतन्त्रता र टेक्नोलोजीलाई अपनाउने
५.  Generation Z (Gen Z) → (१९९७ – २०१२) :-जन्मदेखि नै स्मार्टफोन, सोसल मिडिया, YouTube, TikTok सँग हुर्किएका, छोटो–छोटो कन्टेन्ट मन पराउने
६. Generation Alpha (Gen α) → (२०१३ – २०२५ करिब) :- अहिलेको साना बच्चा पुस्ता, AI, AR/VR, मेटाभर्स, स्मार्ट होम जस्ता प्रविधीसँग हुर्किँदै

Scroll to Top