Spotify को ७ नयाँ User Controls: अब तपाईं नै हुनुहुन्छ आफ्नो Music Experience को Boss

विश्वकै लोकप्रिय संगीत स्ट्रिमिङ प्लेटफर्म Spotify ले प्रयोगकर्तालाई अझै बढी स्वतन्त्रता दिने उद्देश्यले नयाँ User Controls सार्वजनिक गरेको छ। यी ७ नयाँ फीचरहरूले प्रयोगकर्तालाई आफ्नो सुन्ने बानीअनुसार संगीत, पोडकास्ट वा अडियोबुक सजिलै मिलाउन र व्यक्तिगत बनाउन मद्दत गर्नेछ। Spotify ले यस वर्ष सार्वजनिक गरेका यी अपडेटहरूले प्रयोगकर्तालाई “Listener मात्र होइन, Music Experience को Boss” बनाउने दाबी गरेको छ।

Smart Filters: Library सजिलै छान्न सकिने 

अब प्रयोगकर्ताले आफ्नो Library Mood, Genre वा Activity अनुसार सजिलै Filter गर्न सक्नेछन्।
उदाहरणका लागि Running को Playlist, Relaxing Podcast वा Road Trip को लागि Audio Book तुरुन्तै छान्न सकिन्छ। 

Hide Songs: मन नपरेको गीतलाई ब्लक गर्ने सुविधा

यदि कुनै गीतले तपाईंको मूड बिगार्छ भने Now Playing मा गएर “Hide in this Playlist” थिचेर त्यसलाई Block गर्न सकिन्छ  । यो सुविधा सक्रिय गरेपछि त्यो गीत पुनः बज्ने छैन।

Snooze Feature: गीतलाई ३० दिनका लागि Pause

Spotify ले नयाँ Snooze Option पनि ल्याएको छ। मनपर्ने तर बारम्बार सुन्दा दिक्क लाग्ने गीतलाई ३० दिनका लागि Recommendation बाट हटाउन सकिनेछ।

 Discover Weekly Refresh: Genre अनुसार नयाँ ३० Tracks

Spotify को चर्चित Discover Weekly अब अझै Smart भएको छ।
अब प्रयोगकर्ताले Pop, Funk वा R&B जस्ता Genre बटन क्लिक गर्दा तुरुन्तै नयाँ ३० Tracks मा Refresh हुनेछ।

 Queue मा Full Control

Premium प्रयोगकर्ताका लागि Queue अझै Advance भएको छ। Shuffle, Smart Shuffle, Repeat वा Sleep Timer सजिलै Control गर्न सकिन्छ। Playlist सकिएपछि आउने Recommendation तपाईंले चाहे राख्न सक्नुहुन्छ वा हटाउन सक्नुहुन्छ।

 Playlist Customization: आफ्नो Style अनुसार Playlist

Playlist मा Add, Sort, Edit गर्न सजिलो भएको छ। साथै Cover Art पनि प्रयोगकर्ताले आफ्नै डिजाइन गर्न सक्नेछन्। कुनै Market मा त Liked Songs लाई Mood वा Genre अनुसार Filter गरेर नयाँ Playlist बनाउन पनि सकिनेछ।

 Voice DJ: आवाजले नै Control गर्ने सुविधा

Premium प्रयोगकर्ताका लागि Voice DJ फीचर सार्वजनिक गरिएको छ। प्रयोगकर्ताले “Play relaxing music” वा “Play Nepali Pop Songs” जस्ता Voice Command दिँदा DJ ले तुरुन्तै Session Update गर्नेछ।

 नेपालमा कहिले आउने?

Spotify ले यी फीचरहरू सुरुवाती चरणमा Australia, Canada, Ireland, New Zealand, South Africa, UK US मा उपलब्ध हुने बताएको छ। तर निकट भविष्यमा अन्य देशहरूमा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ।

 Spotify का यी ७ नयाँ Controls ले प्रयोगकर्तालाई आफ्नो सुन्ने बानीअनुसार संगीत अनुभव मिलाउन सजिलो बनाउनेछन्। अब तपाईं मात्र Listener होइन, आफ्नै Music Journey को Director बन्न सक्नुहुन्छ। 

Scroll to Top